अगस्ट २७ तारिख युरेसियाली मामिलाका लागि चिनियाँ सरकारका विशेष प्रतिनिधि ली ह्वैले पैचिङमा युक्रेन सङ्कटबारे चौथो चरणको कूटनीतिक अवस्थाबारे चीनमा रहेका राजदूतहरू र स्वदेशी तथा विदेशी सञ्चारमाध्यमका पत्रकारहरूलाई जानकारी दिनुभयो।
जुलाई २८ देखि अगस्ट ७ तारिखसम्म ली ह्वैले ब्राजिल, दक्षिण अफ्रिका र इन्डोनेसियाको भ्रमण गर्नुभएको थियो। उहाँले "ग्लोबल साउथ"का महत्वपूर्ण सदस्यहरूसँग हालको अवस्था र शान्ति वार्ताको प्रक्रियाबारे वैचारिक आदान-प्रदान गर्नुका साथै हाल संघर्षको परिस्थितिलाई शान्त पार्न र शान्ति वार्ता पुनःशुरु गर्ने उपाय खोज्नुभएको छ।
ली ह्वैले युक्रेनी संकटको राजनीतिक समाधान प्रवर्द्धन गर्न चीनले आफ्नै समाधानमा योगदान दिन जारी राख्ने कुरामा जोड दिनुभयो।