चीनका विशेष प्रतिनिधिद्वारा युक्रेन संकटको चौथो चरणको शटल कूटनीतिको बारेमा ब्रीफिङ
2024-08-27 10:42:48cri
Share with:
२७ तारिख बिहान चीन सरकारका युरेसियाली मामिलाका लागि विशेष प्रतिनिधि ली हुइले युक्रेन संकटको चौथो चरणको शटल कूटनीतिको बारेमा ब्रीफिङ गर्दै चीनमा रहेका राजदूतहरू र स्वदेशी तथा विदेशी सञ्चारमाध्यमका पत्रकारहरूलाई स्थितिसम्बन्धमा परिचय गराउनुभएको छ।
ली हुइले जुलाई २८ तारिखदेखि ब्राजिल, दक्षिण अफ्रिका र इन्डोनेशियाको भ्रमण गरी "ग्लोबल साउथ" का महत्वपूर्ण सदस्यहरूसँग वर्तमान अवस्था र शान्ति वार्ता प्रक्रियाबारे थप विचार आदानप्रदान गर्नुका साथै परिस्थितिलाई शान्त पार्ने उपायबारे छलफल गरी शान्ति वार्ताको पुन:शुरुका लागि अवसर प्रदान गर्नुभएको छ।