बैंककमा बोआओ एसिया फोरम राउण्डटेबल आयोजित
2024-08-27 10:52:43CRI
Share with:

२६ तारिख, थाइल्याण्डको बैंककमा “विश्वको भविष्य, एशियाको नजर” नामक बोआओ एसिया फोरम राउण्डटेबल आयोजना गरिएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका सदस्य तथा परराष्ट्र मन्त्री वाङ यीले सो गोष्ठीलाई बधाई पत्र पठाउनुभएको छ।

आगामी महिना आयोजना गरिने संयुक्त राष्ट्र संघको शिखर मञ्चमा एशियाको अवस्थाबाट विश्वका समस्याहरूको सामना गर्ने उपायहरू बारे छलफल गर्न तथा एशियाली मुलुकहरूले सन् २०३० संयुक्त राष्ट्रसंघको कार्यसूची र दिगो विकासको उद्देश्य कार्यान्वयन गर्नका लागि बोआओ एसिया फोरमले राउण्डटेबलको आयोजना गरेको हो।

राउण्डटेबलको अवसरमा फोरमका अध्यक्ष पान जिवनले सन् २०२५ बोआओ एसिया फोरमको वार्षिक सम्मेलन मार्च २५ तारिखदेखि २८ तारिखसम्म चीनको हाइनानमा आयोजना गरिने बताउनुभएको छ।