अमेरिकी राष्ट्रपतिका राष्ट्रिय सुरक्षा सल्लाहकार पैचिङमा
2024-08-27 14:32:17cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय राजनीतिक ब्यूरोका सदस्य एवम केन्द्रिय वैदेशिक मामिला कार्य समितिका प्रमुख वाङ यीको निमन्त्रणामा अमेरिकी राष्ट्रपतिका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले अगष्ट २७ देखि तीन दिने चीनको भ्रमण थाली अर्को चरणको चीन-अमेरिका रणनीतिक संचार सुरू गर्नुभएको छ।

 

२७ तारिख दिउँसो सुलिभान विमानद्वारा पैचिङ पुगेर चीन भ्रमण सुरू गर्नुभएको छ। अमेरिकी राष्ट्रपतिका राष्ट्रिय सुरक्षा सल्लाहकारले चीनको भ्रमण गर्नुभएको यो ८ वर्षयताकै पहिलो हो साथै सल्लाहकार सुलिभानको पनि पहिलो हो।

 

यो दु पक्षले सान फ्रान्सिस्कोमा दु देशका नेताबीच सम्पन्न भएको सहमतला व्यवहारमा उतारेको महत्वपूर्ण कार्यक्रम पनि हो।