अगष्ट २८ तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्यानले नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्नुभएको छ। पत्रकारद्वारा सोधिएको सम्बद्ध प्रश्नको जवाफ दिँदै प्रवक्ता लिन च्यानले चीनले सधैं नै अफ्रिकी जनताको हितकल्याण र चाहना बमोजिम अफ्रिकाको सम्मान गर्नुका साथै समान रूपमा अफ्रिकी जनताको व्यवहार गर्दै आएको कुरा औँल्याउनुभएको छ।
अफ्रिकाको विकासलाई समर्थन गर्नु नै अन्तर्राष्ट्रिय समाजको साझा कर्तव्य हो भन्दै प्रवक्ता लिन च्यानले अफ्रिकाको सम्मान गर्ने आधारमा त्रिपक्षीय सहकार्य अझ विशेषगरी बहुपक्षीय सहकार्य चलाउने आशा पनि व्यक्त गर्नुभयो। अन्तर्राष्ट्रिय समाजसँगै मिलेर अफ्रिकाको विकास र समृद्धिलाई प्रबर्द्धन गर्नुका साथै अफ्रिकी जनताका लागि हिकल्याण सिर्जना गर्दै जान चीन इच्छुक रहेको कुरामा पनि उहाँले जोड दिनुभएको छ।