अगष्ट २८ तारिख सन् २०२४ चीन इन्टर्नेट सभ्यता सम्मेलन छङतुमा आयोजना भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय राजनीतिक ब्यूरोका सदस्य एवम चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको प्रचार विभागका प्रमुख ली शुलेइले सम्मेलनलाई सम्बोधन पनि गर्नुभएको छ।
सहभागी अतिथिहरूको विचारमा इन्टर्नेट सभ्यता निर्माणलाई सुदृढ पारिनु नै सूचना प्रविधिको द्रुत विकासको नयाँ परिस्थितिअनुरूप अनुकूल गति दिनु अपरिहार्य आवश्यकता हो साथै सांस्कृतिक बलियो देश र इन्टर्नेट बलियो देशको निर्माणले उचित अर्थ बोकेको छ।
चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले "दुई सभ्यता" को समन्वित आधुनिकीकरण निर्माणमा केन्द्रित भएर सांस्कृतिक प्रणाली र संयन्त्रको सुधारलाई गहन बनाउने प्रमुख कार्य प्रस्ताव गरेको छ जसले नयाँ सुरुवात बिन्दुबाट सांस्कृतिक सुधार र विकास प्रवर्द्धन गर्न र इन्टर्नेट सभ्यताको निर्माणलाई बलियो बनाउन आधारभूत मार्गदर्शन प्रदान गरेको सहभागीहरूको ठहर छ।