वाङ यी र अमेरिकी राष्ट्रपतिका राष्ट्रिय सुरक्षा मामिला सहायक बीच रणनीतिक आदानप्रदान
2024-08-28 18:31:18cri
Share with:
अगष्ट २७ देखि २८ तारिखसम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य एवम् केन्द्रीय वैदेशिक कार्यालयका प्रमुख वाङ यीले पैचिङमा अमेरिकी राष्ट्रपतिका राष्ट्रिय सुरक्षा मामिला सहायक ज्याक सालिभानसँग नयाँ चरणको रणनीतिक आदानप्रदान गर्नुभएको छ। त्यस अवसरमा उहाँहरूले सदिच्छा, वास्तविक र रचनात्मक रूपमा विचार-विमर्श गर्नुभएको छ।