पैचिङमा चीन-अमेरिकाबीचको नयाँ रणनीतिक वार्ता
2024-08-28 14:41:03CRI
Share with:

अगस्ट २७ तारिख, चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको राजनीतिक ब्युरोका सदस्य तथा अन्तर्राष्ट्रिय विभागका निर्देशक वाङ यीले पैचिङमा अमेरिकी राष्ट्रपतिका राष्ट्रिय सुरक्षा मामिला सचिव सुल्लिभानसँग नयाँ रणनीतिक वार्ता आयोजना गर्नुभएको छ।

वार्ता क्रममा, सचिव सुल्लिभानको पहिलो चीन भ्रमण र रणनीतिक छलफलका लागि स्वागत गर्नुहुँदै वाङ यीले चीन र अमेरिकाबीचको सम्बन्धले विश्वलाई प्रभाव पार्ने र पछिल्ला वर्षहरूमा दुई देशको सम्बन्ध जटिल बनेको बताउनुभयो। वाङ यीले भन्नुभयो, “चीनका राष्ट्राध्यक्ष सी र अमेरिकी राष्ट्रपति बाइडेनको रणनीतिक मार्गदर्शनमा हामी बाली टापूमा फर्कने र सान फ्रान्सिस्कोतिर जाने उद्देश्य कार्यान्वयन गरेका छौँ। हामीले पाठ सिक्नुपर्छ र पारस्परिक सम्मान, शान्तिपूर्ण सह-अस्तित्व तथा पारस्परिक लाभको दिशालाई कायम राख्नु महत्वपूर्ण छ।” 

वाङ यीले दुई देशका राष्ट्रनायकहरूको सान फ्रान्सिस्को सहमतिलाई लागू गर्ने दुई देशको संयुक्त कर्तव्य भएको पनि व्यक्त गर्नुभयो। उहाँले थप्नुभयो, आगामी दुई दिनमा यसबारेमा गहिरो रूपमा छलफल गर्ने अपेक्षा छ र सो छलफल पहिलो जस्तै रणनीतिक, व्यावहारिक र रचनात्मक हुनेछ। चीन र अमेरिकाबीचको सम्बन्धलाई सान फ्रान्सिस्को इच्छातिर बढाउने तथा स्थिर, स्वस्थ र दिगो विकाससँगै सम्बन्धलाई प्रगाढ बनाउने इच्छा छ।