चीन-अफ्रिकाले संयुक्त रूपमा निर्माण गरेको ‘बेल्ट एण्ड रोड’विकास प्रतिवेदन सार्वजनिक
2024-08-29 19:05:42cri
Share with:
आज अगस्ट २९ तारिख चीनको राष्ट्रिय विकास तथा सुधार आयोगले "चीन-अफ्रिका बेल्ट एण्ड रोड संयुक्त निर्माण विकासको रिपोर्ट" २०२४ संस्करण आधिकारिकरूपमा सार्वजनिक गरेका छन्।
विशेष पत्रकार सम्मेलनको आयोजना गरी जारी गरिएको सो प्रतिवेदनमा हालसम्म ५२ वटा अफ्रिकी देश र अफ्रिकी संघले चीनसँग संयुक्त रूपमा "बेल्ट एण्ड रोड" निर्माण गर्ने सहकारी समझदारी पत्रमा हस्ताक्षर गरेका उल्लेख छ।
चिनियाँ कम्पनीहरूले अफ्रिकी देशहरूमा १० हजार किलोमिटर रेलमार्ग, झन्डै १ लाख किलोमिटर राजमार्ग, झन्डै एक हजार वटा पुल र लगभग एक सय बन्दरगाहहरूको निर्माण र नवीकरणमा भाग लिएका छन्।