थाइवान मामिला चीन-अमेरिका सम्बन्धमा पहिलो दुर्गम रातो रेखा
2024-08-29 17:02:59cri
Share with:
चिनियाँ केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष चाङ यौ स्याले अगस्ट २९ तारिख पैचिङमा अमेरिकाका राष्ट्रपतिका राष्ट्रिय सुरक्षा मामिलाका सहायक सुलिभानसँग भेटवार्ता गर्नुभयो।
चाङ यौ स्याले चीन र अमेरिकाबीचको सैन्य र सुरक्षा क्षेत्रमा स्थायित्व कायम राख्नु दुवै पक्षको साझा हित अनुरूप रहेको साथै अन्तर्राष्ट्रिय समुदायको अपेक्षा पनि भएको कुरा बताउनुभयो। अमेरिका र चीनले एकअर्कालाई सम्मान गर्न सक्ने, शान्तिपूर्णरूपमा सहअस्तित्व गर्न सक्ने र विजयी सहयोग हासिल गर्न सक्ने आशा पनि उहाँले लिनुभयो।
चाङ यौ स्याले थाइवान मामिला चीनको मुख्य हितको मूल र चीन-अमेरिका सम्बन्धको राजनीतिक आधार साथै चीन-अमेरिका सम्बन्धको पहिलो दुर्गम रातो रेखा भएको कुरामा पनि जोड दिनुभयो।