अगष्ट २९ तारिख चीन-भारत सीमा मामिला सम्बन्धको परामर्श तथा समन्वय कार्य संयन्त्रको ३१औँ बैठक पैचिङमा आयोजना गरिएको छ। दुई देशका कुटनीतिक, रक्षा, अध्यागमनलगायतका विभागका प्रतिनिधिहरु सम्मेलनमा सहभागी भएका छन्। सम्मेलन सकारात्मक, मैत्रीपूर्ण र खुला वातावरणमा सम्पन्न भएको छ।
दुई पक्षले हालै दुई देशका परराष्ट्रमन्त्रीबीच भएको महत्वपूर्ण सहमतिको भावनाअनुरुप सीमानाको अवस्थालाई प्रारम्भिक रूपमा परिवर्तन गर्न संयुक्त रूपमा प्रवर्द्धन गर्न सहमति गरेका छन्। दुई पक्षले सीमावर्ती क्षेत्रका मुद्दाबारे गहिरो रूपमा विचार आदान-प्रदान गरेका छन् भने मतभेदलाई थप संकुचित गरी सहमतिलाई विस्तारित गरेका छन् साथै वार्ता र परामर्शलाई सुदृढ गर्न, एकअर्काको जायज तथा सरोकार विषयलाई ध्यान दिन, सीमा सम्बन्धी सम्झौता र विश्वास निर्माणको कडाइका साथ पालना गर्न, सीमावर्ती क्षेत्रमा शान्ति र सुशासन कायम गर्न संयुक्त रूपमा सहमति जनाएका छन्।