चीन-अमेरिका सम्बन्धका सामु महत्त्वपूर्ण प्रश्नहरु
2024-08-30 18:35:31cri
Share with:

 

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अगस्ट २९ तारिख पैचिङमा अमेरिकी राष्ट्रपतिका राष्ट्रिय सुरक्षा सल्लाहकार सुलिभानसँग भेटवार्ता गर्नुभयो। राष्ट्राध्यक्ष सीले चीन र अमेरिकाबीचको कूटनीतिक सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण विषय नै सही रणनीतिक समझदारी स्थापित गर्नु हो भन्दै त्यसले सर्वप्रथम चीन र अमेरिका प्रतिद्वन्द्वी वा साझेदार हुन् भन्ने स्पष्ट पार्नुपर्ने कुरा उल्लेख गर्नुभयो। अमेरिकाले चीन-अमेरिका शान्तिपूर्ण सहअस्तित्व र साझा विकास बनाउने सही मार्ग खोज्न अमेरिकासँग मिलेर प्रयास गर्न चीन इच्छुक रहेको कुरा पनि उहाँले बताउनुभयो।

सुलिभानले चीनसँगको रणनीतिक सञ्चारलाई निरन्तरता दिने बताउँदै अमेरिका र चीनको शान्तिपूर्ण सहअस्तित्व र अमेरिका-चीन सम्बन्धको निरन्तर विकासका लागि बाटो खोज्ने आशा राख्नुभएको छ।

विश्वको सबैभन्दा महत्त्वपूर्ण द्विपक्षीय सम्बन्धका रूपमा, चीन र अमेरिका कसरी मिल्छन् भन्ने कुराले दुवै देशको हित मात्र होइन, विश्वको विकासको दिशालाई पनि असर पार्ने गर्दछ। राष्ट्राध्यक्ष सीका अनुसार चीन र अमेरिका दुई प्रमुख राष्ट्रका रूपमा इतिहास, आफ्ना जनता र विश्वप्रति उत्तरदायी हुनुपर्छ साथै विश्व शान्तिको स्थिर आधारशिला र साझा विकासको प्रेरक शक्ति बन्नुपर्नेछ।