अगस्ट ३१ तारिख पैचिङमा "अफ्रिकी साझेदार" शीर्षकमा मिडिया अभियान आयोजना भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार विभागका निर्देशक ली शु लैले भिडियोमार्फत उक्त कार्यक्रमलाई मुख्य सम्बोधन गर्नुभएको छ।
युगान्डा गणतन्त्रका राष्ट्रपति योवेरी कागुटा मुसेभेनी, मध्य अफ्रिकी गणतन्त्रका राष्ट्रपति फस्टिन-आर्चेन्ज टाउडेरा र सेशेल्स गणतन्त्रका राष्ट्रपति वेभ रामकलावानले पनि भिडियोमार्फत सन्देशहरू पठाउनुभएको छ। उहाँहरूले चीन-अफ्रिकाबीचको व्यावहारिक सहकार्यलाई गहिरो बनाउने र सञ्चार आदान-प्रदानलाई सुदृढ पार्ने इच्छा व्यक्त गर्नुभएको छ। सो बैठकमा उपस्थित अतिथिहरूले सन् २०२४ को चीन-अफ्रिका सहकार्य शिखर सम्मेलन पैचिङमा आयोजना हुने र चीन-अफ्रिका सम्बन्धलाई जोडदार रूपमा विकास गर्नसक्ने र साझा भविष्यका साथ चीन-अफ्रिका समुदायको निर्माणलाई शक्ति थप्न सक्ने विचार व्यक्त गरेका छन्।
उक्त कार्यक्रम चाइना मिडिया ग्रुपले आयोजना गरेको हो। चीन र २० भन्दा बढी अफ्रिकी देशका अन्तर्राष्ट्रिय संस्था, सञ्चारमाध्यम, थिंक ट्याङ्क र अन्य क्षेत्रका २०० भन्दा बढी प्रतिनिधिहरूले भाग लिएका छन्।