प्रधानमन्त्री केपी शर्मा ओलीले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउने पलेशा गोवर्धनलाई बधाई दिनुभएको छ। प्रधानमन्त्री ओलीले शनिबार सामाजिक सञ्जालबाट गोवर्धनलाई बधाई दिनुभएको हो। पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गए राति सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ केजी मुनिको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कांस्य जित्नुभएको थियो। पारालिम्पिकमा पदक जित्ने उहाँ पहिलो नेपाली खेलाडी बन्नुभएको गोरखापत्र अनलाइनले लेखेको छ।
पेरिस पारालिम्पिकस्अन्तर्गत पारा तेक्वान्दोमा नेपालकी पलेशा गोवद्र्धनले काँस्य पदक जितेर इतिहास सिर्जना गर्नु भएको हो। पदक हात पारेसँभगै पलेशा नेपाली खेलकुद इतिहासमा कुनै पनि विश्व प्रतियोगितामा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्नु भएको छ। उहाँले सर्बियाकी मारिजा मिकेभलाई १५–८ ले पराजित गर्नु भएको हो।
खेल सकिन १ मिनेट ५ सेकेन्ड समय बाँकी छँदा बराबरी रहेको प्रतिस्पर्धाको अन्तिम क्षणमा निकै आक्रामक रुपमा प्रस्तुत पलेशाले १५–८ ले मारिजालाई पराजित गर्नु भएको हो।