चीन र जिबुटीका राष्ट्रनायकबीच भेटवार्ता
2024-09-02 16:49:59CRI
Share with:

सेप्टेम्बर २ तारिख बिहान चिनियाँ राष्ट्रध्यक्ष सी चिनफिङले जन बृहत सभाभवनमा चीन अफ्रिका सहयोग मञ्चको बेइजिङ शिखर सम्मेलनमा भाग लिनुभएका जिबुटीका राष्ट्रपति गुइलेहसँग भेटवार्ता गर्नुभएको छ। सो अवसरमा दुबै नेताहरुले चीन र जिबुटीबीच चौर्तफी रणनीतिक साझेदारी सम्बन्धलाई उकास्ने घोषणा गरेका छन्। 

सो अवसरमा राष्ट्राध्यक्ष सीका अनुसार यस वर्ष चीन र जिबुटीबीच दौत्य सम्बन्ध स्थापना भएको ४५ औँ वार्षिकोत्वस हो। ४५ वर्षदेखि दुबै राष्ट्रहरुबीच आर्थिक सहयोग र पारस्परिक हितले दक्षिण दक्षिण सहयोगको नमूना सिर्जना गरेको छ। चीनले जिबुटीका लागि अदिस अबाबा-जिबुटी रेलवे,अन्तर्राष्ट्रिय स्वतन्त्र व्यापार क्षेत्र आदि परियोजना सञ्चालनलाई समर्थन दिँदै जिबुटीका लागि आर्थिक निर्माण सम्बन्धी अझ बढी उच्च गुणस्तरीय योग्य व्यक्तिहरु हुर्काउने आशा गरेको छ। 

शिखर सम्मेलनका अवसरमा चीन र जिबुटीले आर्थिक तथा व्यापारिक,अन्तरीक्ष आदि क्षेत्रको सहयोगात्मक दस्तावेजमा हस्ताक्षर गरेका छन्।