सेप्टेम्बर २ तारिख साँझ चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले चीन-अफ्रिका सहयोग मञ्चको पैचिङ शिखर सम्मेलनमा भाग लिन चीनमा रहेका गिनीका राष्ट्रपति डुम्बुयासँग पैचिङको जनवृहत सभाहलमा भेट गर्नुभयो।
सी चिनफिङले जन गणतन्त्र चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको उप-सहारा अफ्रिकाको गिनी पहिलो देश रहेको भन्दै आगामी महिना दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएको ६५ औँ वार्षिकोत्सव मनाउने स्मरण गराउनुभयो। विगत ६५ वर्षमा दुवै पक्षले आपसी सम्मान र पारस्परिक हितलाई निरन्तरता दिएका छन्।
डुम्बुयाले चीन-अफ्रिका सहयोग मञ्चको पैचिङ शिखर सम्मेलनमा भाग लिन चीन आउन पाउनु ठूलो सम्मान भएको बताउनुभयो। चीन-अफ्रिका सहयोग शिखर सम्मेलनको यो मञ्च सफल हुने र पूर्वाधार, ऊर्जा र खानी, यातायात, पर्यटन र अन्य क्षेत्रमा सहयोगलाई बढावा दिन गिनीको विश्वास छ।