अफ्रिकी उत्तरदाताबाट सत्यनिष्ठा, आत्मीयता र इमानदारीमा आधारित चीन-अफ्रिका सहयोग अवधारणाको प्रशंसा
2024-09-02 14:31:59cri
Share with:

 

एउटा सबैभन्दा ठूलो विकासोन्मुख मुलुक हो र अर्को विकासोन्मुख मुलुकको सबैभन्दा ठूलो सघनता भएको महाद्वीप हो। एउटै ऐतिहासिक भेटघाट र साझा विकास आकांक्षाले चीन र अफ्रिकी देशहरूलाई असल मित्र, असल साझेदार र असल दाजुभाइ बनाएको छ। सीजीटीएन र चीनको रेनमिन विश्वविद्यालयद्वारा अफ्रिकी उत्तरदाताहरूमाझ गरिएको सर्वेक्षणका अनुसार, ९०.४ प्रतिशतका उत्तरदाताको विचारमा चीन-अफ्रिका सहयोग अभ्यास र अवधारणाले विकासोन्मुख देशका लागि अन्तर्राष्ट्रिय मामिलामा सहयोगका लागि उदाहरण प्रस्तुत गरेको छ साथै विश्वव्यापी सुशासन प्रणालीको सुधारका लागि महत्त्वपूर्ण योजना पनि प्रदान गरेको छ।

 

सर्वेक्षणका अनुसार, ८१.७ प्रतिशतका उत्तरदाताले चीनले सधैँ अफ्रिकालाई सम्मान, माया र समर्थन गरेको छ र चिनियाँ जनताले अफ्रिकी जनतालाई सधैँ राम्रो रूपमा हेर्ने तथा एकअर्कालाई सहयोग गरेको ठहर गरेका छन्; ८०.९ प्रतिशतका उत्तरदाताले चीनले अफ्रिकी देशसँगको ऐक्यबद्धता र सहयोगको विकासलाई चीनको कुटनीतिको महत्त्वपूर्ण आधार मानेकोमा प्रशंसा गरेका छन्। ८६.३ प्रतिशतका उत्तरदाताले अफ्रिकासँग इमानदारी र आत्मिक सहयोग गर्ने चीनको अवधारणालाई उच्च मान्यता दिएका छन् र नयाँ युगमा अझ घनिष्ठ चीन-अफ्रिका साझा समुदाय निर्माण गर्ने अपेक्षा लिएका छन्।