चीन र माली बीच रणनीतिक साझेदारी सम्बन्ध
2024-09-02 14:51:43CRI
Share with:

सेप्टेम्बर २ तारिख बिहान, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले बेइजिङस्थित जन बृहत् सभाभवनमा चीन-अफ्रिका सहयोग मञ्चको बेइजिङ शिखर मञ्चमा सहभागी हुनुका लागि चीन भ्रमणमा आउनुभएको मालीका राष्ट्रपति कोइथासँग भेटवार्ता गर्नुभएको छ। सो क्रममा, दुई देशका राष्ट्रनायकहरूले संयुक्त रूपमा चीन-माली बीचको सम्बन्धलाई रणनीतिक साझेदारी सम्बन्धमा स्तरोन्नति गर्ने निर्णय गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले औँल्याउनुभएको छ, दुई देशका पुराना पुस्ताका नेताहरूले चीन र माली बीच मित्रता स्थापना गर्नुभयो। हाल, चीन मालीसँग परम्परागत मित्रताको उत्तराधिकारी गर्न, पारस्परिक समर्थन गर्न, मालीको आर्थिक विकास र जनजीवनको सुधारमा समर्थन गर्न इच्छुक छ। चीनले चिनियाँ उद्योगीहरूलाई मालीमा लगानी गर्नका लागि निरन्तरताका साथ उत्प्रेरित गरिरहेको छ र खेती, ऊर्जा, खानी उद्योग र आधारभूत पूर्वाधार लगायतका क्षेत्रहरूमा भएका सहयोग गहन बनाउँदै छ।

चीनले अफ्रिकी जनताले आफ्नो भविष्यको आफै निर्णय गर्नका लागि समर्थन गर्दैजाने तथा मालीजस्तै अरू अफ्रिकी देशहरू सँगसँगै आपसी रूपमा समर्थन गरेर आफ्नो राष्ट्रिय परिस्थितिअनुकूल आधुनिकीकरण मार्गमा अग्रसर गराउन चाहेको कुरामा पनि सीले जोड दिनुभएको छ। सो चीन-अफ्रिका सहयोग शिखर मञ्चमा नयाँ युगमा चीन र अफ्रिका सहयोगको अन्तिम रूपरेखाको योजना बनाउने, आधुनिकीकरणलाई अघि बढाउने र चीन र अफ्रिका उच्चस्तरीय साझा भविष्य समुदायको संयुक्त रूपमा निर्माण गर्ने उद्देश्य रहेको छ, चीनले माली लगायतका देशहरूसँगै शिखर मञ्चको सफल रूपमा सम्पन्न गर्नका लागि प्रवर्द्धन गर्ने इच्छा छ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा परराष्ट्र मन्त्री वाङ यी पनि उक्त भेटवार्तामा सहभागी हुनुहुन्थ्यो।