यद्यपि प्राचीनकाल धेरैजनाले मार्गको निमाण प्रस्तुत गरे तापनि विविध सीमित कारणले भित्री भूमि र तिब्बत जोड्ने सडक अझै पनि जादुई र कठिन प्राचीन चिया घोडा मार्ग थियो। अस्तव्यस्त सडकले तिब्बत र भित्री भूमिको सम्पर्कलाई कठिन बनाउनुका साथै तिब्बतको विकासलाई पनि सीमित गरेको थियो।
जन गणतन्त्र चीनको स्थापनापछि देशको एकता, जातीय एकता र दक्षिण-पश्चिमी भागको निर्माण गर्नका लागि केन्द्रीय सरकारले तिब्बतको मुक्त गर्ने आदेश गरेको छ।
तर तिब्बत जाने मार्गको निर्माण गर्न आकाशमा आरोहण गरेजस्तै निकै गाह्रो छ। नयाँ चीनको स्थापनाअघि सछ्वान प्रान्तीय याआन क्षेत्र वा हिङहाइ प्रान्तीय सीनिङ क्षेत्रबाट तिब्बतसम्म आवतजावत गर्न एक वर्षको समय लाग्ने गर्थ्यो।
यद्यपि विविध कठीनाइ भएतापनि राष्ट्रिय मुक्ति र पुनर्त्थान गर्ने यात्रामा चिनियाँ कम्युनिस्टहरूले हिमाली पठारभूमिमा बस्ने तिब्बतीहरूलाई कहिल्यै बिर्सेको थिएनन्। सन् १९५० को अप्रिलमा खाङ-चाङ राजमार्गको निर्माण याआन क्षेत्रमा सुरू भयो। यो राजमार्ग सन् १९५५ देखि छ्वान-चाङ अर्थात् सछ्वान-तिब्बत राजमार्ग पुन: नामकरण गरिएको थियो। सन् १९५४ को मे महिनामा छिङहाइ-तिब्बत राजमार्गको निर्माण सुरू भएको थियो। निर्माणकर्ताहरूले सरदर उचाइ ४००० मिटर भएको पठारभूमिमा कडा जाडो, हाइपोक्सिया, उचाइ बिमारी आदि कठिनाइको सामना गरी हथौडा, पिकेक्स, बेल्चालगायत अल्पविकसित उपकरणमार्फफत् निर्माणको यात्रा सुरू गरेका थिए।
सन् १९५४ को डिसेम्बर २५ तारिख सछ्वान-तिब्बत राजमार्ग र छिङहाइ-तिब्बत राजमार्ग सञ्चालनमा आयो। यी दुइटा राजमार्गले मातृभूमिका दुइटा हातजस्तै तिब्बतलाई अङ्कमाल गरेका छन्। पोताला दरवारअगाडि विभिन्न जातिका हजार-हजारौं देशबन्धुहरूले नाचगान गर्दै सेतो खादाले सडक निर्माणकर्ताहरूलाई स्वागत गर्न प्रतिस्पर्धा गरेका थिए।
चिल पर्वतमाथि उडेको र घोडाले खाडल पारे जस्तै यी दुइटा राजमार्गले तिब्बती बसोबास क्षेत्रका सर्वसाधारणलाई सुखमय जीवनतिर ढोका खुलेका छन्। प्रत्येक वर्ष भित्री भूमिले ठूलो मात्राका अन्न, बीउ, रासायनिक मल, कृषि उपकरण, औद्योगिक उपकरण, दैनिक आवश्यकता, चिकित्सा उपकरण, पुस्तक, कागज, सांस्कृतिक सामग्रीहरू तिब्बतमा ओसारपसार गर्दछ।
हालसम्म यी दुइटा राजमार्ग तिब्बतमा प्रवेश गर्ने वा बाहिर जाने ९० प्रतिशतभन्दा बढी मालवाहक कार्य गरिरहेका छन्। तिब्बतका लागि मुख्य परियोजना र सहायता निर्माण परियोजना, भूकम्पको विरोध तथा उद्धार, छिङहाइ-तिब्बत रेलवेलको निर्माण आदिमा आवश्यक सबै ठूला उपकरणहरू राजमार्गबाट तिब्बतमा बठाइएका हुन्।