चिनियाँ राष्ट्राध्यक्ष र जिम्बाब्वेका राष्ट्रपतिबीच भेटवार्ता
2024-09-03 18:26:00cri
Share with:


 सेप्टेम्बर ३ तारिख दिउँसो चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले जन बृहत सभाभवनमा चीन अफ्रिका सहयोग मञ्चको बेइजिङ शिखर सम्मेलनमा भाग लिनुभएका जिम्बाब्वेका राष्ट्रपति मनगाग्वासँग भेटवार्ता गर्नुभएको छ। सीका अनुसार हाल केही वर्षयता यी दुबै नेताहरुको संयुक्त निर्देशनमा चीन र जिम्बाब्वेबीच राजनीतिक पारस्परिक विश्वास लगातार गहन हुँदै सहयोगात्मक उपलब्धि उल्लेखनीय देखिएको छ। जसले विकासोन्मुख मुलुकहरुबीच एकताबद्ध भएर सहयोग गर्ने नमूना बनेको छ। आउने वर्ष यी दुबै राष्ट्रहरुले आपसी दौत्य सम्बन्ध स्थापना भएको ४५ औँ वार्षिकोत्सवको स्वागत गर्नेछन्। दुबै पक्षले प्रारम्भिक मैत्रीपूर्ण भावना लिँदै हातमा हात मिलाएर चीन जिम्बाब्वेबीच उच्च स्तरीय साझा भविष्यको समुदाय संयुक्त निर्माण गर्नुपर्छन्। जसले आ-आफ्ना राष्ट्रिय विकासको पुनरुत्थानका लागि लगातार प्रवर्द्धन शक्ति सिर्जना गर्नेछ।