विगत एक दशकमा चीन-अफ्रिका पारस्परिक लाभकारी सहयोग उच्च गुणस्तरमा विकास भएकाले चिनियाँ कम्पनीहरूले अफ्रिकामा ठूलो संख्यामा सहयोग परियोजनाहरू संचालन गरेका छन्। यसले पूर्ण रूपमा पुष्टि गर्छ कि चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले हालै अफ्रिकी विद्वानहरूलाई दिएको जवाफमा "चीन र अफ्रिका सधैँ साझा भविष्य भएको समुदाय हो।" सिएमजीको सिजिटिएनद्वारा हालै जारी गरिएको एक अनलाइन सर्वेक्षणले अफ्रिकी देशका ८६.३ प्रतिशत उत्तरदाताले अफ्रिकासँगको सहयोगमा चीनको इमानदारी, आत्मीयता र असल विश्वासको अवधारणालाई उच्च मान्यता दिएको र चीन-अफ्रिका समुदायसँग घनिष्ठताको निर्माण गर्न तत्पर रहेको देखाएको छ।
पैचिङमा भइरहेको चीन-अफ्रिका सहयोग शिखर सम्मेलन २०२४ ले दुवै पक्षलाई "आधुनिकीकरणको प्रवर्द्धन गर्न र साझा भविष्यको साथ उच्च स्तरको चीन-अफ्रिका समुदाय निर्माण गर्न हात मिलाउने" नयाँ अवसर प्रदान गरेको छ। दक्षिण-दक्षिण सहयोगको नमूना र अफ्रिकासँग अन्तर्राष्ट्रिय सहयोगको नेतृत्व गर्ने ब्यानरका रूपमा, चीन-अफ्रिका सहयोग मञ्च २४ वर्षको विकासपछि ५५ सदस्य भएको ठूलो परिवारमा परिणत भएको छ। चीन-अफ्रिका सहयोग घनिष्ठ हुँदै गइरहेको छ।
सहकार्यको मार्गमा चीन र अफ्रिकाले सधैं साझा भाग्य कोरेका छन्। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अफ्रिकी र अन्य विकासोन्मुख देशहरूसँगको ऐक्यबद्धता र सहयोगलाई सुदृढ गर्नु चिनियाँ कूटनीतिको आधारशिला भएको कुरामा जोड दिनुभयो। चीन-अफ्रिका सहयोग शिखर सम्मेलन २०२४ ले चीन-अफ्रिका सम्बन्धको नयाँ स्थिति निर्धारण गर्नेछ र तिनीहरूको आ-आफ्नो आधुनिकीकरणको अभियानमा नयाँ प्रेरणा दिनेछ।