चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र अफ्रिकी सङ्घ आयोगका अध्यक्ष फाकीबीच भेटवार्ता
2024-09-03 16:09:36CRI
Share with:

सेप्टम्बर ३ तारिख, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले बेइजिङस्थित जन बृहत् सभाभवनमा चीन-अफ्रिका सहयोग मञ्चको बेइजिङ शिखर सम्मेलनमा सहभागी हुनका लागि चीन भ्रमणमा आउनुभएका अफ्रिकी सङ्घ आयोगका अध्यक्ष फाकीसँग भेटवार्ता गर्नुभएको छ।

भेटका क्रममा, राष्ट्राध्यक्ष सी चिनफिङले औँल्याउनुभएको छ, अफ्रिकी सङ्घ अफ्रिकाको अन्तर्राष्ट्रिय सहयोगको एउटा महत्वपूर्ण मञ्च हो। चीनले चीन र अफ्रिकाबीचको मित्रतामा थप भूमिका खेल्न समर्थन गर्दछ, यस शिखर सम्मेलनबाट चीन र अफ्रिकी सङ्घ बीचको विभिन्न क्षेत्रहरूमा थप सहकार्य तथा फलदायक नतिजाहरू प्राप्त हुने अपेक्षा गर्दछ र चीन-अफ्रिका साझा भविष्य समुदायको निर्माणलाई अघि बढाउने छ।