सेप्टेम्बर ३ तारिख बिहान, चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङमा चीन-अफ्रिका सहयोग मञ्च पैचिङ शिखर सम्मेलनमा भाग लिन चीन आउनुभएका केन्याका राष्ट्रपति रुटोसँग भेटवार्ता गर्नुभएको छ।
भेटवार्तामा राष्ट्राध्यक्ष सीले चीन र केन्याबीचको मित्रताको लामो इतिहास रहेको उल्लेख गर्नुभयो। साथै उहाँले दुवै पक्षले चीन र केन्याबीचको व्यापक रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई अझ प्रगाढ बनाउन 'तीन साझेदार' को दिशा प्रस्तुत गर्नुभयो। उहाँले यसरी भन्नुभयोः पहिलो, हामीले मित्रताको उत्तराधिकारी गर्दै आपसी विश्वासको इमानदार साझेदार बन्नुपर्छ। साथै राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्न र आफ्नो राष्ट्रिय अवस्थासँग अनुकूल स्वतन्त्र विकासको मार्गको खोजी गर्न एकअर्कालाई दृढतापूर्वक समर्थन गर्नुपर्छ। दोस्रो, हामी इमानदार र नवीन दृष्टिकोण लिएर पारस्परिक लाभकारी तथा साझा-जीत साझेदार हुन आवश्यक छ, उच्च गुणस्तरको बेल्ट एण्ड रोड अवधारणालाई केन्याको दीर्घकालीन योजना २०३०सँग जोड्दै, पूर्वी अफ्रिकामा कनेक्टिभिटी र औद्योगिक विकासको लागि हब निर्माण गर्नुपर्छ र डिजिटल अर्थव्यवस्था, नयाँ ऊर्जा, अर्थव्यवस्था र व्यापार, गरीबी उन्मूलन र कृषि लाभका क्षेत्रमा हुने सहयोगलाई सुदृढ पार्नुपर्छ। तेस्रो, हामीले हाम्रो पारस्परिक विश्वासलाई बलियो बनाउँदै निष्पक्षता र न्याय कायम राख्न रणनीतिक साझेदार बन्नुका साथै अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूमा सम्पर्क र समन्वयलाई सुदृढ बनाउनुपर्छ। जसबाट विश्वव्यापी दक्षिणको साझा हितको संरक्षण गर्न हामी सँगसँगै काम गर्नुपर्छ र क्षेत्रीय शान्ति तथा स्थिरतालाई बढाउन आवश्यक छ।
सोही भेटवार्तामा केन्याका राष्ट्रपति रुटोले केन्याले यस मञ्च र शिखर सम्मेलनको मौका पारेर केन्या-चीन व्यापक रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धको थप विकासलाई बढाउने आशा व्यक्त गर्नुभएको छ।
उक्त शिखर सम्मेलनका क्रममा, चीन र केन्याले वित्तीय र पूर्वाधारका क्षेत्रमा हुने द्विपक्षीय सहयोगका विभिन्न सम्झौताहरुमा हस्ताक्षर गर्ने बताइएको छ।