चिनियाँ राष्ट्राध्यक्ष र गाबोनका राष्ट्रपतिबीच भेटवार्ता
2024-09-04 19:04:16cri
Share with:

सेप्टेम्बर ४ तारिख दिउँसो, चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले चीन-अफ्रिका सहयोग मञ्चको बेइजिङ शिखर सम्मेलनमा भाग लिन आउनुभएका गाबोनका राष्ट्रपति नग्येमासँग  भेटवार्ता गर्नुभएको छ।

सो अवसरमा राष्ट्राध्यक्ष सीले भन्नुभयोः चालु वर्ष चीन र गाबोनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वर्षगाँठ हो। चीन-अफ्रिका सहयोग मञ्च शिखर सम्मेलनको मौका पारेर पूर्वाधार, कृषि, स्वास्थ्य र डिजिटल अर्थव्यवस्थाका क्षेत्रमा दुई देशबीच हुने सहयोगलाई प्रगाढ बनाउने र गबोनलाई आफ्नो अर्थतन्त्र रुपान्तरणलाई मद्दत गर्न चीन तयार छ। साथै चीनले गाबोनसँग प्रतिआतंकवाद र सुरक्षाक क्षेत्रमा हुने सहयोगलाई सुदृढ गर्न र आ-आफ्नो स्थिरतासमेत क्षेत्रीय शान्ति र सुरक्षालाई बढाउन पनि चीन तयार छ।

सो अवधिमा गाबोनका राष्ट्रपति नग्येमाले चीन गाबोनको सबैभन्दा महत्वपूर्ण सहयोगी साझेदार भएको बताउँदै गाबोनको राजनीतिक संक्रमण प्रक्रियामा चीनले गरेको सहयोगका लागि धन्यवाद दिनुभएको छ साथै उहाँले अगाडि भन्नुभयोः गाबोन एक चीन नीतिको दृढतापूर्वक पालना गर्दछ दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाभएको ५० औँ वर्षगाँठ मनाउन, बेल्ट एण्ड रोड सहकार्यमा सक्रिय रूपमा भाग लिनगाबोन-चीन व्यापक रणनीतिक सहकारी साझेदारी सम्बन्धलाई निरन्तर सुदृढ र प्रगाढ बनाउन चीनसँग मिलेर काम गर्न तयार छ।

प्राप्त जानकारी अनुसार, शिखर सम्मेलनका क्रममा चीन र गाबोनले लगानी, आर्थिक सहयोग र पूर्वाधार निर्माणको क्षेत्रमा  हुने द्विपक्षीय सहयोगसम्बन्धी दस्तावेजमा हस्ताक्षर गर्ने जनाइएको छ