सेप्टेम्बर ४ तारिख बिहान, चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङकी श्रीमती फङ लियुआनले सेनेगलका राष्ट्रपतिकी पत्नी मेरीसँग पैचिङमा चियापान कार्यक्रममा भाग लिनुभएको छ।
सो अवसरमा फङ लियुआनले चीन-अफ्रिका सहयोग मञ्चको शिखर सम्मेलनमा भाग लिन र चीनको पहिलो राजकीय भ्रमणका गर्ने राष्ट्रपति फेयका पत्नी मेरीलाई स्वागत गर्नुभयो। फङ लियुआनले चीन र सेनेगलबीच संस्कृति र परम्पराका हिसाबले धेरै समानता रहेको र जनताबीचको आदानप्रदानमार्फत् दुई देशका जनताबीच आपसी समझदारी र मित्रतालाई प्रगाढ बनाउन आफू आशावादी रहेको बताउनुभयो। मरियमसँग महिला शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा प्राप्त अनुभव बाँड्न इच्छुक रहेको पनि फङले स्पष्ट पार्नुभयो।
सो अवधिमा सेनेगलका राष्ट्रपतिकी पत्नी मेरीले सेनेगललगायत अफ्रिकी मुलुकहरूमा महिला र बालबालिकाप्रति फङ लियुआनको दीर्घकालीन चासो र हेरचाह गरिरहनुभएको भन्दै प्रशंसा गर्नुभयो। दुई पक्षबीच आदानप्रदान र सहयोगलाई अझ सुदृढ बनाउन र सेनेगल तथा चीनबीचको मित्रताको निरन्तर प्रगतिलाई बढाउने इच्छा पनि मेरिले व्यक्त गर्नुभयो।