सी चिनफिङद्वारा तान्जानियाका राष्ट्रपति हसनसँग भेटवार्ता
2024-09-04 15:10:21cri
Share with:

सेप्टेम्बर ४ तारिख बिहान चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले चीन-अफ्रिका सहयोग मञ्चको पैचिङ शिखर सम्मेलनमा भाग लिन चीन भ्रमणमा रहनुभएका तान्जानियाका राष्ट्रपति हसनसँग पैचिङको जन बृहत् सभाभवनमा भेट गर्नुभएको छ।

 

भेटका क्रममा, राष्ट्राध्यक्ष सीले यो वर्ष चीन र तान्जानियाबीच दौत्य सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सव भएको पनि औँल्याउनुभयो। चीन-तान्जानिया बीच व्यापक रणनीतिक सहयोग साझेदारीलाई व्यापक रूपमा प्रवर्द्धन र गहिरो बनाउन तान्जानियासँग मिलेर काम गर्न चीन इच्छुक रहको र यसले गर्दा चीन-तान्जानिया सम्बन्धले दुई देशका जनतालाई थप लाभ पुऱ्याउन सक्ने विश्वास राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभयो। राष्ट्राध्यक्ष सीले भन्नुभयो, चीनले यस शिखर सम्मेलनलाई तान्जानिया-जाम्बिया रेलवेको सक्रियतामा नयाँ प्रगतिलाई प्रवर्द्धन गर्ने, पूर्वी अफ्रिकी रेल-समुद्री यातायात सञ्जाल सुधार गर्न सहयोग गर्ने र "बेल्ट एण्ड रोड" निर्माणमा चीन-अफ्रिका उच्च गुणस्तरीय सहयोगलाई गहिरो बनाउन तान्जानियालाई मुख्य क्षेत्रको रूपमा निर्माण गर्नेछ।

 

सोही क्रममा, हसनले चीनले विगतको शिखर सम्मेलनको नतिजालाई सक्रिय रूपमा कार्यान्वयन गर्दै आएको र अफ्रिकी देशहरूको आर्थिक र सामाजिक विकासलाई प्रवर्द्धन गर्न सम्बन्धित सहयोगले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो। पैचिङ शिखर सम्मेलनले अफ्रिका र चीनबीचको मैत्रीपूर्ण सहयोगलाई प्रगाढ बनाउन र अफ्रिकामा औद्योगिकीकरण र कृषि आधुनिकीकरणको प्रक्रियालाई प्रभावकारी रूपमा प्रवर्द्धन गर्न नयाँ योगदान दिने विश्वास व्यक्त गर्नुभयो।