चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र इक्वेटोरिएल गिनीका राष्ट्रपति ओवीआङ बीच भेटवार्ता
2024-09-04 14:59:13CRI
Share with:

सेप्टेम्बर ४ तारिख बिहान, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले बेइजिङस्थित जन बृहत् सभाभवनमा चीन-अफ्रिका सहयोग मञ्चको बेइजिङ शिखर मञ्चमा सहभागी हुनुका लागि चीन भ्रमणमा आउनुभएका इक्वेटोरिएल गिनीका राष्ट्रपति ओवीआङसँग भेटवार्ता गर्नुभएको छ।

सो क्रममा, राष्ट्राध्यक्ष सीले जोड दिँदै भन्नुभयो, ‘चीन र इक्वेटोरिएल गिनी नजिकका साथी हुन्। दुई देशबीचको उच्चस्तर पारस्परिक राजनीतिक विश्वास, चौतर्फी व्यावहारिक सहयोग र गहिरो मित्रता हाम्रो सम्बन्धका मुख्य विशेषताहरू हुन्। हालका वर्षहरूमा, दुई देशले विभिन्न क्षेत्रहरूमा सहकार्यहरू अगाडि बढाउँदै छन् र अन्तर्राष्ट्रिय मामिलाहरूमा घनिष्ट सहयोग गर्दै छन्।’ राष्ट्राध्यक्ष सीले आपसी रूपमा दृढताका साथ समर्थन, व्यावहारिक सहयोग विस्तृत् गर्न, सुरक्षा सहयोग गहिरो बनाउन तथा इक्वेटोरिएल गिनीको आर्थिक विकासमा सहयोग गर्नका लागि चीन इक्वेटोरिएल गिनीसँग आफ्नो विकासको आधुनिकीकरण मार्गमा हात मिलाएर अघि हिँड्न र दुई देशको विस्तृत् रणनीतिक सहकार्य साझेदारी सम्बन्धको नयाँ भविष्य विकास गर्न इच्छुक रहेको पनि व्यक्त गर्नुभयो।

सीले इक्वेटोरिएल गिनी सन् २०२७ देखि सन् २०३० सम्म चीन-अफ्रिका सहयोग मञ्चको संयुक्त अध्यक्ष मुलुक भएकोमा शुभकामना पनि व्यक्त गर्नुभएको छ।

सो बेइजिङ शिखर मञ्चमा नयाँ युगमा चीन-अफ्रिका सहयोगको अन्तिम रुपरेखा योजना बनाउने उद्देश्य रहेको छ जुन चीन-अफ्रिका सम्बन्धको इतिहासमा नयाँ कोसेढुङ्गा हुनेछ। चीन र अफ्रिकाबीचको सम्बन्ध निरन्तरताका साथ विकास गर्न र शिखर मञ्चको सफलतापूर्वक सम्पन्नका लागि चीन र इक्वेटोरिएल गिनी नजिकबाट सहकार्य गर्ने अपेक्षा छ, उहाँले औँल्याउनुभएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा परराष्ट्र मन्त्री वाङ यी पनि उक्त भेटवार्तामा सहभागी हुनुहुन्थ्यो।