सी चिनफिङद्वारा जाम्बियाका राष्ट्रपति हिचिलेमासँग भेटवार्ता
2024-09-04 15:18:37cri
Share with:

सेप्टेम्बर ४ तारिख बिहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीन-अफ्रिका सहयोग मञ्चको पैचिङ शिखर सम्मेलनमा भाग लिन चीन पुग्नुभएका जाम्बियाका राष्ट्रपति हिचिलेमासँग पैचिङको जन बृहत् सभाभवनमा भेट गर्नुभएको छ।

 

राष्ट्राध्यक्ष सी चिनफिङले भेटका क्रममा दुवै पक्षले यस शिखर सम्मेलनलाई आ-आफ्नो देशको आधुनिकीकरणलाई प्रवर्द्धन गर्ने र चीन-जाम्बिया मैत्री सम्बन्धको नयाँ अध्याय लेख्ने अवसरको रूपमा लिनुपर्ने बताउनुभयो। साथै सी चिनफिङले यो वर्ष चीन र जाम्बियाबीच दौत्य सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सव भएको पनि औँल्याउनुभयो। दुवै पक्षले सबै तहमा आदानप्रदानलाई तीव्र बनाउन, आदान-प्रदान र आपसी सिकाइलाई सुदृढ पार्न, राजनीतिक पारस्परिक विश्वासलाई गहिरो बनाउन, एकअर्कालाई दृढतापूर्वक समर्थन गर्न, व्यावहारिक सहयोग विस्तार गर्न र अन्तर्राष्ट्रिय सहयोगलाई सुदृढ पार्न जोड दिनुभयो। यस शिखर सम्मेलनको सफलतालाई प्रवर्द्धन गर्न र चीन-जाम्बिया र चीन-अफ्रिका सम्बन्धमा नयाँ प्रेरणा दिन चीन जाम्बियालगायत अरू अफ्रिकी मुलुकसँग काम गर्न इच्छुक रहेको पनि औँल्याउनुभयो।

 

जाम्बियाका राष्ट्रपति हिचिलेमाले विकासको क्षेत्रमा चीनको ठूलो उपलब्धिको अफ्रिकाले प्रशंसा गरेको बताउनुभयो। चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ केन्द्रीय समितिको तेस्रो पूर्ण अधिवेशनको सफल आयोजनाप्रति बधाई ज्ञापन गर्दै हिचिलेमाले चीनको सफल अनुभवबाट सिक्ने र अफ्रिकी जनतालाई थप फाइदा पुग्ने आशा व्यक्त गर्नुभयो।