चीनको सहयोगले अफ्रिकाको आर्थिक विकासमा टेवा पुगेको स्पेनीश विज्ञको भनाइ
2024-09-05 16:12:44CRI
Share with:

"उच्च गुणस्तरीय कृषि प्रतिभाको हुर्काइ र अफ्रिकी कृषिलाई पुनर्जीवित गर्नु नै चीनको सहयोग अफ्रिकी महाद्वीपका लागि विकासको अर्को मार्गमा अग्रसर हुने अपरिहार्य शर्त हो। केही दिनअघि, स्पेनका चीनसम्बन्धी विज्ञ जुलियो रियोसले स्पेनको 'चाइना पोलिसी अब्जर्भेसन वेबसाइट' मा प्रकाशित 'अफ्रिकाको रुपको परिवर्तन गर्दै चीन’ शीर्षकको लेखमा उक्त टिप्पणी गरेका हुन्।

जुलियो रियोसले उक्त लेखमा भनेका छन् कि चीनको कृषि विकास मार्ग साना किसानहरू मुख्य स्तम्भ भएको अफ्रिकाका लागि ठूलो महत्वको छ। चीनले अफ्रिकाका साना किसान र परिवारहरूलाई उनीहरूको कृषि उत्पादन बढाउन, सयौँ कृषि विशेषज्ञहरूलाई अफ्रिकामा पठाएर र अफ्रिकी कृषि पेशेवरहरूका लागि हजारौँ प्रशिक्षण अवसरहरू प्रदान गरेर भोकमरीविरुद्ध लडिरहेको छ।

हाल बेल्ट एण्ड रोड अवधारणाअन्तर्गत चीनले अफ्रिकामा पूर्वाधार र औद्योगिक विकासमा ठूलो लगानी गरेको छ। चीन-अफ्रिका व्यापार र लगानी सहयोगले निरन्तर प्रगति गरिरहेको छ। सन् २०२३ मा, चीन-अफ्रिका व्यापार मात्रा २ खरब ८२ अरब १० करोड अमेरिकी डलर पुगेको थियो र चीन लगातार १५ वर्षसम्म अफ्रिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदार रहेको छ। सन् २०२३ को अन्त्यसम्ममा अफ्रिकामा चीनको प्रत्यक्ष लगानीको भण्डार ४० अरब अमेरिकी डलर नाघेको थियो जसले गर्दा यो अफ्रिकामा विदेशी लगानीको सबैभन्दा ठूलो स्रोत बनेको थियो।

विगत ३ वर्षमा, चिनियाँ उद्यमहरूले अफ्रिकामा ठूलो संख्यामा रोजगारी सिर्जना गरेका छन्। कृषि, प्रशोधन र उत्पादन, व्यापार र रसद लगायतका क्षेत्रलाई समेटेर आर्थिक र व्यापार सहयोग क्षेत्रहरूको निर्माणमा लगानी गरेका छन्। यसो गर्दा १,००० भन्दा बढी उद्यमीहरूलाई यस क्षेत्रमा प्रवेश गर्न आकर्षित गरिएको छ। स्थानीय कर, राजस्व र निर्यात आयमा महत्त्वपूर्ण योगदान पुर्याइएको छ। अफ्रिकाको पूर्वाधार र औद्योगिक निर्माणमा चीनको योगदानले महाद्वीपको मुहार परिवर्तन गरिरहेको छ।

उक्त लेखमा यो पनि लेखिएको छ कि चीनको ऋण नीतिमा विवादको बावजुद, चीनले अफ्रिकी देशहरूलाई विभिन्न च्यानलहरूमार्फत ऋण तनाव कम गर्न मद्दत गरिरहेको छ।

चीनले आफ्नो बजार खोल्न र अन्य देशसँग आर्थिक सम्बन्ध विकास गर्न चाहन्छ। सेप्टेम्बर ४ देखि पैचिङमा आयोजना भइरहेको चीन-अफ्रिका सहयोग मञ्च २०२४ शिखर सम्मेलन चीन-अफ्रिका संवादको माध्यमबाट सहयोगलाई नयाँ गति प्रदान गर्ने उत्कृष्ट अवसर हुने विश्वास गरिएको छ।