चिनियाँ राष्ट्राध्यक्ष र बोत्सवानाका राष्ट्रपति भेटवार्ता
2024-09-05 18:43:48cri
Share with:

सेप्टेम्बर ५ तारिख मध्यान्ह चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले जन बृहत सभाभवनमा चीन अफ्रिका सहयोग मञ्चको बेइजिङ शिखर सम्मेलनमा भाग लिनुभएका बोत्सवानाका राष्ट्रपति मासीसीसँग भेटवार्ता गर्नुभएको छ। सो अवसरमा दुबै नेताहरुले चीन र बोत्सवानाबीच रणनीतिक सम्बन्ध स्थापना भएको घोषणा गरेका छन्। चिनियाँ राष्ट्राध्यक्ष सीले जोड दिनुएअनुसार आउने वर्ष दुबै राष्ट्रहरुबीच दौत्य सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सव हो। दुबै राष्ट्रहरुले आधा शताब्दियता पाएको सफल अनुभव लिँदै उद्योगकृषिसफा उर्जा स्रोतशिक्षाचिकित्सा तथा स्वास्थ्य आदि क्षेत्रको सहयोगलाई मजबुत बनाउन चाहन्छन्। चीनले बोत्सवानासँग यस शिखर सम्मेलनको उपलब्धिलाई व्यवहारमा उतार्दै दुबै राष्ट्रका जनतालाई अझ फाइदा सिर्जना गर्ने आशा गरेको छ।

राष्ट्रपति मासिसिका अनुसार बोत्सवानाले आउने वर्ष दौत्य सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवका अवसरमा दुबै राष्ट्रहरुबीचको सम्बन्धको विकास प्रवर्द्धन गर्ने आशा गरेको छ।