चीन र अफ्रिका बीचको पुस्तौँदेखिको मित्रताको उत्तराधिकारी गर्दै र सुदृढ हुँदैगएको –राष्ट्राध्यक्ष सी चिनफिङ
2024-09-05 10:52:45CRI
Share with:


सेप्टम्बर ४ तारिख, चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र उहाँकी पत्नी फङ लियूआनले बेइजिङस्थित जन बृहत् सभाभवनमा रात्री भोजको आयोजना गर्नुभएको छ। चीन-अफ्रिका सहयोग मञ्चको बेइजिङ शिखर मञ्चमा सहभागी हुनका लागि चीन भ्रमणमा आउनुभएका अफ्रिकी नेतागण तथा अन्तर्राष्ट्रिय स्तरका अतिथिहरूलाई सो रात्री भोज समारोहमा स्वागत गरिएको थियो।

हरेक पटक अफ्रिकी साथीहरूसँग भेट्दा मलाई धेरै खुशी लाग्छ, विशेष गरी चीन-अफ्रिका साझा भविष्य समुदायको निर्माणका सुदृढ आधार, उच्च प्रारम्भिक बिन्दु र विस्तृत् भविष्यले मानव साझा भविष्य समुदाय बनाउनका लागि अग्रणी नमुना निर्माण गर्दैआएको छ, राष्ट्राध्यक्ष सी चिनफिङले औँल्याउनुभयो। उहाँले भन्नुभयो, चीन र अफ्रिका साझा भविष्य समुदाय परम्परागत मित्रतामा आधारित छ। पछिल्लो शताब्दीको मध्यदेखि, हामीले साम्राज्यवाद, उपनिवेशवाद र आधिपत्यवादको विरोधमा संयुक्त रूपमा काम गरेका छौँ, पुनरुत्थान र आधुनिकीकरण विकासको मार्गमा अघि हिँड्दै छौँ। अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए तापनि चीन र अफ्रिका बीचको मित्रताको उत्तराधिकारी गर्दै गएको छ, सुदृढ पार्दै गएको छ।