चीन-अफ्रिका महिला शिक्षा सम्मेलनमा फङ लियूआन र अफ्रिकी देशहरूका नेताहरूका श्रीमतीहरूको सहभागी
2024-09-06 11:30:02CRI
Share with:

सेप्टेम्बर ५ तारिख बिहान, “चीन र अफ्रिका संयुक्त रूपमा शिक्षाको विकास गर्दै, महिलाको सशक्तिकरण गर्ने” विषयक शिक्षा सम्मेलन बेइजिङको त्याउ यू थाइ अतिथि गृहमा आयोजना गरिएको छ।

चीनका राष्ट्राध्यक्ष सी चिनफिङकी श्रीमती तथा संयुक्त राष्ट्र सङ्घको शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन युनेस्कोकी बालिका तथा महिलाको शिक्षा प्रवर्द्धनका लागि विशेष दूत फङ लियूआन सो सम्मेलनमा सहभागी हुँदै सम्बोधन पनि गर्नुभएको छ।

सम्बोधनमा चीन र अफ्रिका साझा भविष्य समुदाय भएको भन्दै यहाँका महिलाहरूले मेहनत, बुद्धि र लगनद्वारा एकताबद्ध रूपमा सहकार्य गर्ने र अघि हिँड्ने असल बाटो कोरेको व्यक्त गर्नुभयो।

उहाँले जानकारी दिनुभएको छ, चीनको “छुन लेइ परियोजना” ले ३० भन्दा बढी वर्षहरूमा शिक्षाको विकासद्वारा महिलाको जीवन मूल्य कार्यान्वयन गरेर फलदायक नतिजाहरू प्राप्त गरेका छन् र हालका वर्षहरूमा धेरै अफ्रिकी महिलाहरूले शिक्षाको माध्यमबाट जीवनको मूल्य महसुस गरेको तथ्यको उच्च मूल्याङ्कन गर्नुभएको छ।

सन् २०२४ चीन-अफ्रिका सहयोग मञ्चको बेइजिङ शिखर मञ्चमा सहभागी हुनका लागि चीन भ्रमणमा आउनुभएका २६ अफ्रिकी देशहरूका नेताहरूका श्रीमती तथा प्रतिनिधिहरू उक्त सम्मेलनमा सहभागी हुनुभएको छ।