सेप्टेम्बर ४ तारिख बिहान, चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङकी श्रीमती फङ लियुआनले सेनेगलका राष्ट्रपतिकी श्रीमती मेरीसँग पैचिङमा चियापान गर्नुभएको छ।
सो अवसरमा फङ लियुआनले चीन-अफ्रिका सहयोग मञ्च शिखर सम्मेलनमा भाग लिन र चीनको पहिलो राजकीय भ्रमण गर्न राष्ट्रपति फेयसँग चीन आउनुभएकी मेरीलाई स्वागत गर्नुभयो। फङ लियुआनले चीन र सेनेगलबीच संस्कृति र परम्पराका हिसाबले धेरै समानता रहेको र जनता-जनताबीचको आदानप्रदानमार्फत आपसी समझदारी र मित्रतालाई प्रगाढ बनाउन आफू आशावादी रहेको पनि बताउनुभयो। साथै मेरीसँग महिला शिक्षा, स्वास्थ्य र अन्य क्षेत्रमा चिनियाँ अनुभव साझा गर्न इच्छुक रहेको पनि फङले व्यक्त गर्नुभयो। संयुक्त रूपमा मध्य अफ्रिकामा महिलाहरूको विकासलाई बढाउने अपेक्षा पनि फङले गर्नुभयो।
सोही क्रममा सेनेगलका राष्ट्रपतिकी श्रीमती मेरीले सेनेगललगायत अफ्रिकी मुलुकहरूमा महिला र बालबालिकाका लागि फङ लियुआने देखाउनुभएको दीर्घकालीन चासो र हेरचाहप्रति उच्च प्रशंसा गर्नुभयो। साथै उहाँले सेनेगलका जनताको जीवनमा सुधार ल्याउन चीनको समर्थन र सहयोग एवम् दुई पक्षबीच आदानप्रदान र सहयोगलाई अझ सुदृढ बनाउन र सेनेगल तथा चीन बीचको मित्रताको निरन्तर प्रगतिलाई अझै बढाउन आफ्नो इच्छा भएको पनि व्यक्त गर्नुभयो।