सी चिनफिङद्वारा माडागास्करका राष्ट्रपति राजोएलिनासँग भेटवार्ता
2024-09-06 18:51:49cri
Share with:

सेप्टेम्बर ६ तारिख दिउँसो चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले चीन-अफ्रिका सहयोग मञ्चको पैचिङ शिखर सम्मेलनमा भाग लिन चीन आउनु भएका माडागास्करका राष्ट्रपति राजोएलिनासँग पैचिङको जनवृहत सभाभवनमा भेट गर्नुभयो। दुई राष्ट्र प्रमुखले चीन-माडागास्कर सम्बन्धलाई व्यापक रणनीतिक सहकारी साझेदारीमा स्तरोन्नति गर्ने घोषणा गर्नुभएको छ।