सी चिनफिङद्वारा चीनको हाइनान, क्वाङतोङ र अन्य स्थानहरूमा आँधी प्रकोपका लागि महत्वपूर्ण निर्देशन
2024-09-07 16:44:13cri
Share with:

यही सेप्टेम्बर ६ तारिख नम्बर ११ सुपर टाइफुन "मकर"ले अपरान्ह ४ बजेर २० मिनेट र दस बजेर २० मिनेटमा हाइनानको वनछाङ शहर र क्वाङतोङको स्युवन जिल्लामा विभषण हुरीबतास ल्याएको छ। सेप्टेम्बर ७ तारिख मध्यान्हसम्म उक्त गम्भीर विपत्तिबाट हाइनान, क्वाङतोङ र क्वाङसी ३ प्रान्त र स्वायत्त प्रदेशहरूमा १२ लाख २७ हजार मानिस प्रभावित भएका छन्। जसमा ३ जनाको मृत्यु भएको छ भने ९५ जना घाइते भएका छन्।

विपद्पछि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष र केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले यसलाई निकै महत्व दिनुभएको छ र महत्वपूर्ण निर्देशनहरू जारी गर्नुभएको छ। तुरुन्तै प्रकोप स्थिति प्रमाणित गरी विपद् राहत प्रयासहरू व्यवस्थित गर्न, प्रभावित मानिसहरूलाई उचित रूपमा स्थानान्तरण गर्न र पुन: बसोबास गर्न उहाँले निर्देशन दिनुभयो। पछि आउने प्रकोपहरू हुनबाट रोक्न र हताहत कम गर्न सक्दो प्रयास गर्न पनि उहाँले बताउनु भएको छ। क्षतिग्रस्त यातायात, विद्युत, सञ्चार र अन्य पूर्वाधार यथाशीघ्र मर्मत गर्न, विपद्पछिको पुनर्निर्माणलाई सक्रियतापूर्वक सञ्चालन गर्न, सकेसम्म चाँडो सामान्य उत्पादन र जीवनयापनको व्यवस्था गर्न र जनताको जीवन र सम्पत्तिको सुरक्षालाई प्रभावकारी रूपमा सुनिश्चित गर्न आवश्यक रहेको उहाँले राज्यका सबै अङ्गलाई स्पष्ट पार्नु भएको छ।

चिनियाँ प्रधानमन्त्री ली छ्याङले पनि सोही अनुसारको निर्देशन दिनुभएको छ।