चीन र अफ्रिका बीच आर्थिक र व्यापारिक सहयोगमा नयाँ बिन्दुको प्रार्दुभाव
2024-09-07 16:18:13cri
Share with:

चीन-अफ्रिका सहयोगको महत्त्वपूर्ण आधारशिलाका रूपमा रहेको आर्थिक र व्यापारिक क्षेत्रको सहयोगलाई कसरी प्रगाढ बनाउने भन्नेतर्फ दुवै पक्षका उद्यमीहरूको ध्यानाकर्षण भएको छ। उनीहरूले शिखर सम्मेलनमा प्रस्तावित व्यावहारिक सहयोगका लागि नयाँ उपायहरूबाट नयाँ अवसरहरू खोजिरहेका छन्।

सेप्टेम्बर ६ तारिख पैचिङमा आठौँ चीन-अफ्रिका उद्यमी सम्मेलन सम्पन्न भयो। यो सम्मेलन शिखर सम्मेलनको गतिविधिको एक महत्वपूर्ण शृङ्खला हो। चिनियाँ व्यापारिक प्रतिनिधिहरुका अतिरिक्त सेनेगलदक्षिण अफ्रिका र केन्या लगायत ४८ अफ्रिकी देशका धेरै उद्योगहरुलाई समेट्ने व्यापारिक प्रतिनिधिहरु पनि उपस्थिति रहेका थिए। चिनियाँ र अफ्रिकी उद्यमीहरूले गहन आदान-प्रदान गर्दै सहयोगलाई गहिरो बनाउने नयाँ दिशाहरूबारे छलफल गरेका छन्।

चीन-अफ्रिका सहयोग मञ्चको यस शिखर सम्मेलनमा चीनले आगामी तीन वर्षमा अफ्रिकासँग संयुक्त रूपमा आधुनिकीकरणको प्रवर्द्धन गर्न दशवटा साझेदारी कार्यहरू गर्न इच्छा गरेको प्रस्ताव गरेको छ। नयाँ सुरुवात बिन्दुमा उभिएर, चिनियाँ र अफ्रिकी उद्यमहरूले थप सहयोगका अवसरहरू सिर्जना गर्नेछन्।