चालु वर्ष नेपालमा १६ लाख पर्यटक भित्र्याउन चुनौतिपूर्ण
2024-09-08 20:05:59cri
Share with:

 

नेपाल सरकारले घोषणा गरेको १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य हासिल गर्न चुनौति देखिएको छ चालु आर्थिक वर्षको बजेटमै यस वर्ष १६ लाख पर्यटक भित्र्याउने गरी पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिएको थियो 

तर, पर्यटनको मुख्य सिजनमै स्तरोन्नतिका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब पाँच महिना दैनिक १० घण्टाका दरले बन्द गरिने भएको छ नेपालमा पर्यटक भित्रिने प्रमुख गेट वेदैनिक १० घण्टा बन्द हुँदा सरकारले राखेको १६ लाख पर्यटकको लक्ष्य प्राप्ति गर्न मुस्किल पर्ने पर्यटन व्यवसायीको भनाइ रहेको नयाँ पत्रिका अनलाइनले लेखेको छ नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले २३ कात्तिकदेखि चैतसम्म राति १० बजेदेखि बिहान आठ बजेसम्म विमानस्थल बन्द गरेरै धावनमार्ग, ट्याक्सी वे, पार्किङ वेलगायत विस्तारको काम गर्दै छ 

अन्तर्राष्ट्रिय उडान कटौती, बढ्दो हवाई तथा सडक दुर्घटना, हवाई टिकटमा लगाइएको भ्याट, नेपाल वायुसेवा निगमका जहाज उड्नेभन्दा बढी ग्राउन्डेड हुने प्रवृत्ति, पर्यटन प्रवर्द्धनको जिम्मेवारी बोकेको पर्यटन बोर्डको निष्क्रियतालगायतका कारण सरकारी लक्ष्य प्रभावित हुने सम्भावना देखिएको हो हवाई सुरक्षा कमजोर बनेपछि पछिल्लो महिना अगस्टमा अमेरिकन युरोपियन पर्यटक घटेको पर्यटन बोर्डकै तथ्यांकले देखाउँछ 

केही दिनअघि संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सांसद उदयशमशेर राणाले पनि पर्यटकीय सिजनमा विमानस्थल मर्मतका नाममा धेरै समय बन्द गर्न नहुने धारणा राख्नु भएको थियो। विगतमा मर्मत गर्दा पनि यति धेरै समय विमानस्थल बन्द नगरिएको नजिर प्रयोग गर्न जरुरी छ,’ उहाँले भन्नु भएको थियो, ‘भैरहवा र पोखरा विमानस्थल चलाउने कुरा पनि होला, तर कसैलाई जबर्जस्ती गरेर हुँदैन

सन् २०२३ मा १० लाख १४ हजार विदेशी पर्यटक नेपाल घुम्न आएको तथ्यांक छ सन् २०२४ मा १२ लाख हाराहारी पर्यटक भित्रिने प्रारम्भिक अनुमान यो हिसाबले चालु आवमा १६ लाख पर्यटक भित्र्याउन कम्तीमा चारपाँच लाख पर्यटक बढाउनुपर्ने जरुरी छ यसका लागि उडान संख्या बढाउनेदेखि नेपालको अन्तर्राष्ट्रिय स्रोत बजारमा व्यापक प्रचारप्रसार गर्नुपर्ने पर्यटन व्यवसायी बसन्त मिश्र बताउनुहुन्छ 

१६ लाख पर्यटक भित्र्याउने लक्ष्य त्यति महत्वाकांक्षी होइन, तर हामीले एयर कनेक्टिभिटी बढाउन नसक्दा १०१२ लाख पर्यटक ल्याएरै चित्त बुझाउनुपरिरहेको छ,’ मिश्रले भन्नुभयो, ‘१६ लाख पर्यटक भित्र्याउन कनेक्टिभिटी बढाउनैपर्ने हुन्छ, तर त्रिभुवन विमानस्थल स्तरोन्नतिका कारण मुख्य सिजनमै कनेक्टिभिटी बढ्ने होइन, घट्ने देखिएको छ कि भैरहवा पोखरामा फ्लाइट डाइभर्ट गरेर उडान बढाउन सक्नुपर्छ, होइन भने सरकारको लक्ष्य हासिल हुन कठिन हुने देखिन्छ’ 

पर्यटक बढाउन अन्तर्राष्ट्रिय उडान बढाउनेदेखि पर्यटन बोर्ड, नेवानिजस्ता निकायलाई पनि सक्रिय बनाउनुपर्ने उहाँको धारणा छ महिनौँको रिक्ततापछि बिहीबारको मन्त्रिपरिषद् बैठकले पर्यटन बोर्डमा दीपकराज जोशीलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) बनाउने निर्णय गरेको छ नवनियुक्त सिइओ जोशीलाई बोर्डभित्रको भद्रगोल परिस्थितिलाई व्यवस्थापन गर्दै पर्यटन प्रवर्द्धनमा सक्रिय हुनुपर्ने चुनौती उहाँ चुनौतीलाई अवसरमा बदल्दै बोर्डको उद्देश्यबमोजिम पर्यटन प्रवर्द्धनमा सक्रिय हुने बताउनुहुन्छ सरकारी निकाय, निजी क्षेत्रलगायत सरकोकारवालासँग सहकार्य र समन्वय गरेर पर्यटन प्रवर्द्धनका कार्यक्रम गरिनेछ, पर्यटन बोर्डमा रोकिएका कार्यक्रमलाई गति दिनेछौँ,’ उहाँले भन्नुभयो, ‘६ महिनाभित्र देखिने गरी नै केही न केही सुधारका काम आवश्यक हुनेछन्’