चीनका राष्ट्राध्यक्ष र स्पेनका प्रधानमन्त्री बीचको वार्ता
2024-09-09 19:41:09CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ९ तारिख दिउँसो पैचिङमा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज पेरेजसँग भेट-वार्ता गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, गत वर्ष चीन र स्पेनबीच दौत्य सम्बन्ध स्थापना भएको ५०औं वार्षिकोत्सव थियो। आगामी वर्ष चीन र स्पेनबीच चौतर्फी रणनीतिक साझेदारी सम्बन्ध स्थापना भएको २०औं वार्षिकोत्सव हुनेछ। दुइ पक्षले पारस्परिक सम्मान तथा समानताको प्रारम्भिक इच्छा लिएर सम्बन्धलाई अझ उच्चस्तरमा पुर्याउनुपर्छ।

सुधार तथा खुलापन चीनले दीर्घकालदेखि व्यवहारमा खोजेको उचित विकासमार्ग भएको र चीनले दृढताका साथ लागू गर्ने पनि राष्ट्राध्यक्ष सीले बताउनुभयो। स्पेनले चिनियाँ व्यवसायको लगानीका लागि निरन्तर रूपमा निष्पक्ष, सुरक्षित र भेदभावरहित व्यावसायिक वातावरण दिने आशा उहाँले गर्नुभएको छ। गत वर्षको उत्तरार्ध यूरोपेली संघको अध्यक्ष देशको कार्यावधिमा स्पेनले चीन र यूरोपको आदानप्रदान तथा सहकार्यलाई बढाएको चीनले प्रशंसा गरेको छ। आगामी वर्ष चीन र यूरोपेली संघबीच  दौत्य सम्बन्ध स्थापना भएको ५०औं वार्षिकोत्सव हुनेछ। स्पेनले निरन्तर रुपमा सक्रिय भूमिका खेल्ने आशा सीले गर्नुभएको छ।

जवाफमा स्पेनी प्रधानमन्त्री पेद्रोले स्पेनले रणनीतिक उचाइबाट चीनसँगको सम्बन्धमाथि महत्व दिंदै एक चीनको नीति सुदृढताका साथ लागू गरी चीनको विश्वासिलो साथी बन्ने इच्छा लिएको प्रकट गर्नुभएको छ। स्पेनले स्वतन्त्र व्यापार र खुला बजारको सिद्धान्तलाई समर्थन गर्नुका साथै व्यापारिक युद्धको विरोध गरेको छ। यूरोप र चीनको सम्बन्धको स्वस्थ विकासका लागि निरन्तर रूपमा सक्रिय भूमिका खेल्ने इच्छा स्पेनले लिएको छ।