चीन-अमेरिका "एक्काइसौँ शताब्दीको २० को दशकमा जलवायु कार्यलाई सुदृढ पार्ने कार्य समूह" को सम्मेलन पैचिङमा सम्पन्न
2024-09-09 15:09:11cri
Share with:

यही सेप्टेम्बर ४ देखि ६ तारिखसम्म चीन-अमेरिका "एक्काइसौँ शताब्दीको २० को दशकमा जलवायु कार्यलाई सुदृढ पार्ने कार्य समूह" को सम्मेलन पैचिङमा आयोजना गरिएको छ।

 

जलवायु परिवर्तनका लागि चीनका विशेष दूत लीउ चन मिन र अमेरिकी राष्ट्रपतिका अन्तर्राष्ट्रिय जलवायु नीतिका वरिष्ठ सल्लाहकार जोन पोडेस्टाले सो सम्मेलनको अध्यक्षता गर्नुभएको छ।

 

दुवै पक्षले जलवायु संकटको समाधान गर्ने उपायबारे छलफल गर्नुका साथै दुई मुलुकले पारस्परिक रूपमा सन् २०३० सम्म निर्धारित योगदानको तयारी तथा सन् २०३५ मा निर्धारित योगदानको कार्यान्वयन गर्ने विषयमा चर्चा गरेका छन्।