ब्रिक्स साझेदारहरूसँग ब्रिक्स रणनीतिक साझेदारीमा दृढताको प्रतीक्षा
2024-09-09 18:25:14CRI
Share with:

 

१४औं ब्रिक्स सुरक्षा मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधि बैठक ११ तारिखदेखि १२सम्म रूसी सेन्ट पिटर्सबर्गमा सुरू हुनेछ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका सदस्य एवम् केन्द्रिय वैदेशिक मामिला कार्यालयका प्रमुख वाङ यी उक्त बैठकमा सहभागी हुनुहुनेछ। ब्रिक्स राष्ट्रनायकबीच १६औं वार्ताका लागि राजनीतिक तयारी गर्नका लागि सो अवसरमा चीनले ब्रिक्स साझेदारहरूसँग वर्तमान अन्तर्राष्ट्रिय सुरक्षा परिस्थिति, महत्वपूर्ण तथा ठूला अन्तराष्ट्रिय तथा क्षेत्रीय मामिलाबारे वैचारिक आदानप्रदान गर्नेछ।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले ९ तारिख नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो।

उहाँका अनुसार,  यो बैठक ऐतिहासिक विस्तारपछि पहिलोपटक सुरक्षा मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधि बैठक हो। ब्रिक्स साझेदारबीच  ब्रिक्स रणनीतिक साझेदारी सम्बन्धलाई दृढ पार्दै ब्रिक्स राजनीतिक सुरक्षा क्षेत्रमा सहयोगलाई विस्तार गरी “बृहत् ब्रिक्स सहयोग”मा नयाँ शक्ति थप्ने र विश्वको शान्ति तथा सुरक्षामा सकारात्मक योगदान दिने प्रतिक्षामा चीन रहेको छ।