चीनमा बिताएका वर्षहरूमा रोबर्टले चीन सरकारले सम्पूर्ण गरिबी हटाउने काममा गरेको ठूलो प्रयास र ती काममा संलग्न धेरै व्यक्तिहरूसँग अन्तर्वार्ता गरेर हासिल गरेका अनुभवहरूलाई《चीनको सफलताको कथा》नामक पुस्तकमा समेटेका छन्। यस पुस्तकमा रोबर्टले चीनको सटिक गरिबी हटाउने कामको बारेमा ठूलो मात्रामा वर्णन गरेका छन्।
“मैले यो विषय लेख्न रोजेको कारण यो चीनको सबैभन्दा महत्वपूर्ण उपलब्धिहरूमध्येको एक हो, जसको अर्थ चीनले केवल समग्र आर्थिक विकासमा मात्र ध्यान केन्द्रित गर्न राखेको छैन, सबैभन्दा गरिब क्षेत्रहरूलाई धनी बनाउने उपायहरू खोज्न पनि ध्यान दिएको छ, जसले उनीहरूलाई पूर्ण गरिबीबाट मुक्त गराउनेछ।”
रोबर्टले आफूले सबैभन्दा प्रसन्नता साथ देखेको कुरा भनेको चीनको विकास मानव केन्द्रित र भविष्यतर्फको विकास भएको भन्दै सरकारले जीवनको वातावरण र पूर्वाधार सुधार गरेर जनतालाई राम्रो जीवन बिताउन मद्दत गर्ने कुरामा चासो लिएको बताए। उनका अनुसार, चीनका यी वर्षहरूको गरिबी हटाउने काम र आर्थिक विकास अद्भुत छन्, र यो चीनको वास्तविक विकास र आकर्षणलाई अधिक मानिसहरूलाई बुझ्न आवश्यक छ।
“मैले चीनमा धेरै वर्षसम्म बिताएको छु, यहाँ मैले धेरै देखेको र अनुभव गरेको छु, त्यसैले युरोपका जनतालाई अधिक वास्तविक जानकारी दिन र उनीहरूलाई चीनमा के भइरहेको भनेर बताउन चाहन्छु, यो पनि मेरो पुस्तक लेख्ने कारण हो।”
《चीनको सफलताको कथा》 यस पुस्तकको प्रस्तावनामा, रोबर्टले लेखेका छन्, “युरोपका हितहरू युरेशियाई प्लेटका देशहरूसँग निकट सम्बन्धमा छन्, जसले युरोपको भविष्यलाई वहन गर्दछ। हामीलाई सहकार्य आवश्यक छ, प्रणाली प्रतिस्पर्धा होइन, एक अर्कासँग वास्तविक आदान-प्रदान गर्न महत्त्वपूर्ण छ, झुटा जानकारी होइन।”
भविष्यप्रति रोबर्टले आशावादी छन्, उनले नयाँ युगको चीनका थप रमाइलो कथाहरूलाई पुस्तकमा संकलन गर्ने र थप युरोपेली पाठकहरूलाई प्रस्तुत गर्ने अपेक्षा गरेका छन्।