चीनको परराष्ट्र मन्त्रालयले ९ तारिख पत्रकार सम्मेलनको आयोजना गर्दै चीन शाङहाई सहयोग संगठनको वर्तमान अध्यक्ष मुलुक नियुक्त गरिएको सम्बद्ध अवस्थाबारे जानकारी दिएको छ। चीनका उप-परराष्ट्र मन्त्री सुन वै तोङका अनुसार, चीनले शाङहाई सहयोग संगठनको वर्तमान अध्यक्ष मुलुक बनेको सुअवसरको सदुपयोग गर्दै शाङहाई सहयोग संगठनका सदस्य मुलुकहरूसँग मिलेर एकताबद्ध भई विश्वव्यापी विकास प्रस्ताव, विश्वव्यापी सुरक्षा प्रस्ताव र विश्वव्यापी सभ्यता प्रस्तावलाई राम्रोसँग व्यवहारमा उतार्दै जानेछ। चीनले विश्व स्थायी शान्ति र साझा समृद्धिका लागि सकारात्मक योगदान गर्दै जाने पनि उहाँले औँल्याउनुभएको छ।
उप-परराष्ट्र मन्त्री सुनका अनुसार, आउँदो वर्षको शिखर सम्मेलन शाङहाई सहयोग संगठन प्रारूपमा रहेको सबैभन्दा महत्वपूर्ण गतिविधि हुनुका साथै चीन वर्तमान अध्यक्ष मुलुक नियुक्त भएको कार्यावधिमा रहेको मुख्य केन्द्रीत गतिविधि पनि हो। चीनले विविध पक्षका मतलाई सङ्कलन गरी एउटा मैत्रीपूर्ण, एकताबद्ध र फलदायी शिखर सम्मेलनको आयोजना गर्ने अठोट पनि उहाँले व्यक्त गर्नुभएको छ। यसबाहेक, चीनले शाङहाई सहयोग संगठनको प्रारूपमा राजनीतिक, सुरक्षा आर्थिक र सांस्कृतिक क्षेत्रका १ सयभन्दा बढी बैठक र गतिविधिहरूको आयोजना गर्ने जानकारी पनि उहाँले दिनुभएको छ।