चिनियाँ शिक्षक सम्मेलन सेप्टेम्बर ९ र १० तारिख बेइजिङमा आयोजना गरिएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिका महासचिव, राष्ट्राध्यक्ष तथा चिनियाँ केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले सो सम्मेलनलाई महत्वपूर्ण सम्बोधन पनि गर्नुभएको छ। सेप्टेम्बर १० तारिख चीनको ४०औँ शिक्षक दिवस हो, राष्ट्राध्यक्ष सीले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको तर्फबाट देश भरका शिक्षक-शिक्षिकालाई शिक्षक दिवसको अवसरमा हार्दिक शुभकामना तथा बधाई ज्ञापन गर्नुभएको छ।
आफ्नो सम्बोधनमा, उहाँले शिक्षक-शिक्षिका तथा शिक्षालाई सम्मान गर्ने चिनियाँ जातिको राम्रो परम्परा भएको औँल्याउँदै शिक्षकको राजनीतिक, सामाजिक तथा व्यावसायिक स्थान बढाउनुपर्ने र शिक्षक शिक्षिकाको पेशामा सुधार गर्नुपर्ने व्यक्त गर्नुभयो। शिक्षकको पेशा अनुभव र वैधानिक अधिकार कायम राख्न तथा उत्कृष्ट शिक्षकको चयन गर्न र प्रसार गर्नका लागि निरन्तरताका साथ सुदृढ पारेर शिक्षकको उच्च सामाजिक प्रतिष्ठा तथा स्थान उचो बनाउन पनि जोड दिनुभयो।