१० तारिख चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले कथित “ऋण जाल सिद्धान्त”बारे प्रश्नको उतर दिनुभएको छ।
उहाँका अनुसार, चीन-अफ्रिका सहयोग मञ्चको स्थापनादेखि २४ वर्षमा अफ्रिकाको विकासका लागि महत्वपूर्ण भूमिका खेलेको छ। जसले अफ्रिकाका लागि लगभग १ लाख किलोमिटर राजमार्ग, १०हजारभन्दा बढी रेल, लगभग एक हजार पुल र एक सय बन्दरगाहको निर्माण वा स्तरोन्नति गरिसकेको छ। विगत ३ वर्ष मात्रै चिनियाँ व्यवसायले अफ्रिकाका लागि ११लाखभन्दा बढी रोजगारी दिएको छ। यी सबैले ऋणको समाधान गर्न सहयोग गरेको छ। अफ्रिकी देशका राष्ट्रनायकहरूले अफ्रिकामा चीनको लगानी पारस्परिक सहयोग हो, अफ्रिकालाई “ऋण जाल”मा नपुर्याउने प्रकट गरेका थिए।
वास्तवमा चीन अफ्रिकाको मुख्य ऋणदाता होइन। विश्व बैंकको तथ्याङ्कअनुसार अफ्रिकी ऋणमा बहुपक्षीय र निजी ऋणदाताले ८०प्रतिशत ओगटेका छन्।
चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले अन्तर्राष्ट्रिय जगतको सहयोग निष्पक्ष, समान र व्यवहारिक हुनुपर्ने पहल गर्नुभयो। चीनले अन्तर्राष्ट्रिय जगत, विशेष गरी विकसित मुलुक तथा अन्तर्राष्ट्रिय बैकिङ संस्थासँग अफ्रिकी देशहरूलाई ऋणको बोझ कम गर्न मद्दत गर्न आह्वान गरेको छ।