चीनको व्यापक राष्ट्रिय शक्तिको विकास र सामाजिक उपक्रमहरूको समृद्धि देखियो
2024-09-10 14:50:02cri
Share with:

चीनको राष्ट्रिय तथ्याङ्क विभागले सेप्टेम्बर ९ तारिखमा नयाँ चीनले विगत ७५ वर्षमा हासिल गरेको आर्थिक तथा सामाजिक विकासका उपलब्धिहरूबारे विभिन्न प्रतिवेदनहरू सार्वजनिक गरेको छ। सो प्रतिवेदनले ७५ वर्षअघि जन गणतन्त्र चीनको स्थापना भएयता राष्ट्रिय अर्थतन्त्र द्रुत गतिमा बढेको र प्रतिव्यक्ति जीडीपीमा उल्लेख्य वृद्धि भएको साथै चीनको राष्ट्रिय शक्ति विश्वको शीर्ष स्थानमा उक्लेको बिषय उल्लेख गरेको छ।

 

सो प्रतिवेदनले जन गणतन्त्र चीनको स्थापना भएको ७५ वर्षयता चीनले विभिन्न सामाजिक उपक्रमहरूको विकासलाई तीव्रताका साथ अघि बढाएको र चिकित्सा तथा स्वास्थ्य प्रणालीमा क्रमशः सुधार गरेको उल्लेख छ।

 

प्रतिवेदनले चीनको सांस्कृतिक उपक्रमहरू समृद्ध र विकासशील भएको देखाउँछ। सन् २०२३ को अन्त्यसम्म चीनभरि ३,२४६ सार्वजनिक पुस्तकालय र ६,८३३ सङ्ग्रहालयहरू छन्। यसका अतिरिक्त सन् २०२३ को अन्त्यसम्म चीनभरि १० लाख ७० हजार चिकित्सा र स्वास्थ्य संस्था र १ करोड २४ लाख ९० हजार स्वास्थ्य कर्मी तथा प्राविधिकहरू छन्।