विश्वव्यापी सामुहिक सुरक्षा सहकार्य मञ्च (ल्यान युन काङ) सन् २०२४ सम्मेलन सेप्टेम्बर १० तारिख चीनको च्याङ सु प्रान्तको ल्यान युन काङ शहरमा सफलता साथ सम्पन्न भएको छ। परिवर्तनमा रहेको सहकार्य र साझा जीत: वैश्विक सामुहिक सुरक्षा एकरूपताको स्थापना भन्ने यस सम्मेलनको मुख्य नारा रहेको छ। विश्वका १२२ वटा मुलुक, क्षेत्र र अन्तर्राष्ट्रिय संगठनका २१०० भन्दा बढी अतिथिहरूले वर्तमान विश्व ध्यानाकर्षण भएका महत्वपूर्ण सार्वजनिक सुरक्षा समस्या र आपतकालीन चाहनामा नजर पुर्याउँदै विश्वव्यापी सामुहिक सुरक्षा सञ्चाल स्तरलाई उकास्ने र विभिन्न क्षेत्रमा रहेका वास्तविक सहकार्यलाई गहन पार्ने विषयहरूबारे वैचारिक आदानप्रदान गरी विविध मतैक्य प्राप्त गर्नुका साथै केही महत्वपूर्ण दस्तावेजहरू पनि पारित गरेका छन्।
सम्मेलनले वैश्विक सामुहिक सुरक्षा सहकार्य सम्बन्धी प्रारूप दस्तावेज जारी गर्दै १० बुँदे वास्तविक सहयोगात्मक कदम प्रस्तुत गरी अन्तर्राष्ट्रिय समुदायलाई गतिविधिको निर्देशन दिएको छ। यसका अतिरिक्त सम्मेलनले मञ्चको पहिलो वार्षिक प्रतिवेदन अर्थात् विश्वव्यापी सामुहिक सुरक्षा सहकार्य मञ्च (ल्यान युन काङ) वार्षिक प्रतिवेदन सन् २०२४ पनि जारी गरेको छ।