अमेरिकी 《जैविक सुरक्षा कानून》बारे चीनको धारणा
2024-09-10 16:59:29CRI
Share with:

१० तारिख आयोजित चिनियाँ परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा यदि अमेरिकी प्रतिनिधि सभाबाट 《जैविक सुरक्षा कानून》पारित भएमा उक्त कानूनले धेरै चिनियाँ व्यवसायलाई अमेरिकासँग व्यापार गर्न प्रतिबन्ध लगाउनेबारे प्रश्न सोधिएको छ।

प्रवक्ता माउ निङका अनुसार, अमेरिकी प्रतिनिधि सभाले उक्त कानूनमार्फत् चिनियाँ व्यवसायमाथि भेदभावपूर्ण कदम चल्ने विरोध चीनले गरेको छ। अमेरिकाले वैचारिक पूर्वाग्रह छोडेर बजारगत सिद्धान्त र आर्थिक तथा व्यापार नियमलाई सम्मान गरी सम्बन्धित कानून रोक्न र विविध निहुँ निकालेर चिनियाँ व्यवसायमाथि दवाव दिन रोक्नुपर्छ र विभिन्न देशका व्यवसायलाई निष्पक्ष तथा न्यायपूर्ण र गैर-भेदभावपूर्ण व्यावसायिक वातावरण दिनुपर्छ। चीनले स्वदेशी व्यवसायको उचित तथा वैधानिक अधिकार तथा फाइदाको निरन्तर सुरक्षा गर्नुका साथै चिनियाँ व्यवसायलाई आफ्नै अधिकार तथा फाइदाको सुरक्षा गर्न समर्थन दिनेछ।