चिनियाँ विज्ञान एकेडेमीअन्तर्गत छिङहाइ-तिब्बत पठारभूमि अनुसन्धान संस्थानबाट प्राप्त जानकारीअनुसार, छिङहाई-तिब्बत पठारभूमिमा चीनको दोस्रो मिलीजुली वैज्ञानिक अनुसन्धानले नयाँ प्रगति हासिल गरेको छ। जसले छिङहाई-तिब्बत पठारभूमिको भित्री भाग लाम्पोला भञ्ज्याङमा हजारौं मिटर ड्रिलिङ योजना गरिरहेको छ।
हाल ड्रिलिङको गहिराइ ७५० मिटर पुगेको छ, जसले चीनको छिङहाई-तिब्बत पठारभूमिमा वातावरणीय विज्ञानसम्बन्धी ड्रिलिङको नयाँ रेकर्ड सिर्जना गरेको छ।
लुन्पोला भञ्ज्याङ छिङहाई-तिब्बत पठारभूमिको मध्य भागमा अवस्थित छ। त्यहाँको औसत उचाई ४,६०० मिटर छ। त्यो छिङहाइ-तिब्बत पठारभूमिको टेक्टोनिक, जलवायु, जैविक र पर्यावरणलगायत विषयबारे अध्ययनको लागि सबैभन्दा महत्त्वपूर्ण क्षेत्रहरू मध्येको एक हो।