सेप्टेम्बर १० तारिखबाट छैटौँ चीन-आशियान श्रव्यदृश्य सप्ताह क्वाङ सीको नान निङमा शुरू भएको छ। उद्घाटन समारोहको साङ्गीतिक गालालाई “सँगै मिलेर नयाँ शक्ति जमाऔँ”, “सँगसँगै नयाँ अवसरको उपभोग गरौँ” र “सँगसँगै नयाँ भविष्यको सिर्जना गरौँ” गरी ३ वटा भागमा विभाजन गरिएको छ।
सँगसँगै सांस्कृतिक आदानप्रदानको नयाँ अवसरको उपभोग गर्नुका साथै सँगै मिलेर श्रव्यदृश्य सहकार्यको नयाँ भविष्यको सिर्जना गरौँ भन्ने यस पटकको श्रव्यदृश्य सप्ताहको मुख्य नारा रहेको छ। यस सप्ताहको अवधिमा उद्घाटन समारोह र साङ्गीतिक गालाका अतिरिक्त, सन् २०२४ चीन-आशियान श्रव्यदृश्य व्यवसाय लगानीकर्ता सम्मेलन, चीन-आशियान श्रव्यदृश्य सप्ताह अनुवाद प्रदर्शनी र प्रसारण गतिविधि, चीन-आशियान युवा सञ्चालक-सञ्चालिका सिर्जना क्याम्प, सन् २०२४ चीन-आशियान श्रव्यदृश्य सम्बन्धी अन्तर्राष्ट्रिय प्रसारण गतिविधि, सँगसँगै मैत्रीपूर्ण गीत गाऔँ: चीन भियतनाम चलचित्र गीतहरू लगायतका ६ वटा विशाल गतिविधिको आयोजना गरिनेछ।
चीन-आशियान श्रव्यदृश्य सप्ताहले ती रङ्गीचङ्गी गतिविधिहरूमार्फत सक्रियताका साथ चीन र आशियान बीचको मिडिया सहकार्य र सांस्कृतिक आदानप्रदानलाई अघि बढाउनुका साथै अझ प्रगाढ चीन-आशियान भाग्य एकरूपताको स्थापनाका लागि योगदान गर्दै जानेछ।