संयुक्त राष्ट्र सुरक्षा परिषदद्वारा युक्रेनको मानवीय अवस्थाबारे छलफल
2024-09-11 16:26:52cri
Share with:

सेप्टेम्बर १० तारिख संयुक्त राष्ट्र सुरक्षा परिषदले युक्रेनको मानवीय अवस्थाबारे एक आपतकालीन बैठकको आयोजना गरेको छ। संयुक्त राष्ट्रसङ्घका लागि चीनका उप-स्थायी प्रतिनिधि कङ स्वाङले युद्ध क्षेत्रलाई अझ बढी नफैलाउने र युद्ध स्थितिलाई नबढाउने तथा दुवै पक्षले लडाइँ नगर्ने यी तीन वटा सिद्धान्तको पालना गर्नुपर्ने बताउनुभएको छ। उहाँले सो युद्ध परिस्थितिलाई सक्दो छिटो शान्त पार्नु हालको मुख्य प्राथमिकता भएको पनि व्यक्त गर्नुभयो।

 

कङ स्वाङले द्वन्द्वका सबै पक्षहरूलाई शान्त र संयमित रहन तथा नागरिक र नागरिक सुविधाहरूमा आक्रमण नगर्न साथै आणविक ऊर्जा संयन्त्रहरूजस्ता शान्तिपूर्ण आणविक प्रबन्धहरूमा आक्रमण नगर्न आग्रह पनि गर्नुभयो। उहाँले युक्रेनी मुद्दामा चीनको अडान एकदमै स्पष्ट भएको र शान्तिपूर्ण वार्ता तथा राजनीतिक समाधानलाई प्रवर्द्धन गर्नुपर्ने कुरामा पनि जोड दिनुभयो।